Friday, August 28, 2009

कपन शेर्पा समाजद्वारा श्राद्धन्जली कार्यक्रम

कपन शेर्पा समाजद्वारा श्राद्धन्जली कार्यक्रम
अगस्त २८, शेर्पा समाज कपनको आयोजनामा एक श्राद्धन्जली कार्यक्रम सम्पन्न गरेको छ। समाजको साँस्थापक अध्यक्ष सोलुखुम्बु खरिखोला निवासी समाजसेवी स्वा. श्री आङ काजी शेर्पाको ठिक एक बर्ष अघडि निधान हुनु भएको थियो। यही अवसर पारेर कपन शेर्पा समाजले समाजकै कर्यलयमा पुजाआज सहित शोक सभाको आयोजना गरेको थियो। यसै गरि स्वा शेर्पाको बार्षिक (गोङ्जु) फर्पिङ (याङलेस्यद्)स्थित परमगुरु नाक्ठ रिन्पोछेज्युको गोन्पामा समपन्न भएको कुरा स्वा. शेर्पाको भाई बुद्ध एअरका वरिस्ठ क्याप्टेन पाईलोट श्री आङ गेलु शेर्पाले भन्नु भयो।
अठारावटा जिल्लाहरुको करिब तीन सय स्थायि घर धुरि रहेको यस समाजले स्थापना भएको दुई बर्षको अवधिमानै बिभिन्न सेवामुलक सामाजिक कार्यहरु गर्दै आएका छन। हाल शेर्पा साँस्क्रिती भित्र पर्ने सबै प्रकारको गानाहरुमा पोख्त कलाकारहरु उत्पादन गरि सकेको छ भने निकट भबिस्यमानै प्रौढ शिक्षा, अठारावटा जिल्लाकै शेर्पाहरुको भाषालाई एकरुप ल्याउन शेर्पा भाषाको भाषा शिक्षा,बिभिन्न मोन्लामहरु, कूलपुजा छ्यङबि,डुम्जि, छे-च्यु पूजा, सम्पुर्ण घरयासी महिलाहरुलाई एक अर्कामा परिचित गर्ने उद्देश्यले तथा पारिवरिक वातवरण सिर्जना गर्नेखालका कार्यक्रमहरु आयोजना गरिने र त्यस क्षेत्रमा रहेको सातवटा महत्वपुर्ण गोन्पाहरुसँग सहकार्य गर्दै पारस्परिक सदभावलाई अझ सशक्तरुपमा अघि बढाउने कुरा साँस्थाको सचिव सोलुखुम्बु चौरिखर्का निवासी श्री पे नुरी शेर्पा बताउनु हुन्छ।

More Photos >>



Kapan Sherpa Chhokpa
Phone No: 9851060407

No comments:

Post a Comment